राष्ट्रपति कार्यालयमा रोकिएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) कानुनविद्हरूसँग छलफल गर्ने भएका छन्।
दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भन्ने विषयमा राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
संसद्बाट दुई–दुईपटक पारित नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्दा राष्ट्रपति कार्यालयमै रोकिएको छ।
सम्बन्धित खबर-
57
Shares
प्रतिक्रिया