ad ad

राजनीति


सभामुखको टिप्पणी : जनताले सांसदहरु तलब भत्ता खान मात्रै बैठकमा आउँछन् भन्न थाले

सभामुखको टिप्पणी : जनताले सांसदहरु तलब भत्ता खान मात्रै बैठकमा आउँछन् भन्न थाले

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख र सांसदहरु। तस्बिर : संसद सचिवालय


नेपालखबर
बैशाख २४, २०८० आइतबार १३:२९, काठमाडौँ

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा सांसदहरुको कम उपस्थितिलाई लिएर आइतवार मध्यान्ह बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुरा उठाएका छन्। 

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरुसँगको बैठकका क्रममा सभामुख घिमिरेले सांसदहरुबारे जनगुनासो बढ्दै गएको बताएका हुन्। 

आफूले पनि संसद बैठकमा सांसदहरुको उपस्थिति कमजोर देखेको टिप्पणी सभामुख घिमिरेले बैठकमा गरेका छन्। 

‘संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ। सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ’, उनले बैठकलाई सम्बोधनका क्रममा भने,  ‘दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु।’

घिमिरेले सरकार सदनप्रति उत्तरदायी हुन नसकेको संकेत पनि गरेका छन्। ‘प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई पनि कानून मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु’, उनले त्यसक्रममा भनेका छन्। 

घिमिरेले सांसदहरुको उपस्थिति बढाउने गरी अब इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने पनि बताएका छन्। ‘संसद सचिवालयलाई ई-हाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ,’ उनले बैठकमा भने। 

उनले संसद नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि सुरु हुने बताए। 

कानुनमन्त्री र मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण गरिने पनि उनले बताएका छन्। 

सभामुख घिमिरेले संसदीय सुनुवाई समितिहरुसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्नेमा जोड दिए। समितिको नेतृत्व पनि यहीबीचमा टुंग्याउनुपर्ने उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .