ad ad

राजनीति


प्रधानमन्त्रीलाई एमालेको चुनौती- फिल्म देखाउनुस्, हामी टिकट काटेर बसेका छौं

प्रधानमन्त्रीलाई एमालेको चुनौती- फिल्म देखाउनुस्, हामी टिकट काटेर बसेका छौं

तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २४, २०८० आइतबार १६:४०, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेको फिल्म हेर्न आफूहरू आतुर भएर बसेको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले नक्कली भुटानी शरणार्थीको विषयमा मिडियामा आएका विषयहरु नयाँ नभएको पनि बताए। 

‘नक्कली भुटानी शरणार्थीको प्रकरण विभिन्न मिडियामा देख्न सकिन्छ। यो कुनै नौलो कुरा होइन। गत भदौ २२ गतेृ राष्ट्रियसभामा नेकपा एमालेको सांसद पार्वती रावलले गम्भीरताका साथ राख्नुभएको छ,’ गिरीले बैठकमा भने, छत्यस विषयमा सरकारले सुन्ने काम भएन। आजका मितिसम्म लत्याउने काम भयो। हामी भन्न चाहन्छौं, जुनसुकै क्षेत्रमा भएका भ्रष्टाचारहरु हुन, ती सबै विषयलाई छानविनको दायरामा ल्याउनुपर्छ।’

अहिले प्रधानमन्त्री प्रचण्डले भनेको फिल्म हेर्न आफूहरु टिकट काटेर बसेको पनि उनले उल्लेख गरे। 

‘अहिले प्रधानमन्त्रीज्युले भन्दै हिँड्नुभएको छ, यो ट्रेलर मात्र हो फिल्म त आउन बाँकी नै छ भनेर भन्दै हुनुहुन्छ। प्रधानमन्त्रीज्यू हामी फिल्म हेर्न आतुर छौं,’ उनले भने, ‘तपाईंले फिल्म देखाउनुहुन्छ भनेर हामी टिकट काटेर बसेका छौं। फिल्म देखाउनुस्। हामीलाई विश्वास छ वाइडबडी र बासबासी घोटला काण्डबारे छानविन गरौं।’

यसअघि शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्र देखाएको भन्दै बाँकी फिल्म देखाइने बताएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .