नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू दोषी ठहर भए राजनीतिक जीवन परित्याग गर्ने घोषणा गरेका छन्।
आइतबारबाट सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई पनि मुछेको प्रति आपत्ति जनाउँदै यस्तो घोषणा गरेका हुन्।
‘कुनै–कुनै सञ्चार माध्यमले मेरो पनि नाम राखेर समाचार प्रकाशित गरेको पढेँ,’ खतिवडाले भने, ‘यदि कहीँ कतैबाट पुष्टि भएर म त्यसमा संलग्न छु भने सजाय भोगेर राजनीतिक जीवनबाट बाहिर जान तयार छु।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुले संसदमा ताली बजाएर नभएर कानुनअनुसार सजाय भोग्न तयार हुनुपर्नेमा पनि जोड दिए।
उनले दोषीलाई लुकाउने माथि कस्तो कारबाही हुन्छ भनेर सभामुख देवराज घिमिरेलाई प्रश्न पनि गरे। ‘जो दोषी छ त्यसलाई लुकाउनेलाई के कारबाही हुन्छ, सभामुख महोदय?,’ खतिवडाले भने।
Shares
प्रतिक्रिया