ad ad

राजनीति


नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको जाँच हुँदै छ : नेपाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको जाँच हुँदै छ : नेपाल

फाइल फोटो


नेपालखबर
बैशाख २५, २०८० सोमबार १९:४०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताएका छन्।

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताएका हुन्। उनले प्रधानमन्त्रीको परीक्षाको बेला आएको बताए।

सो प्रकरणमा आफूहरुको पूरा साथ, सहयोग रहने उनले उल्लेख गरे।

उनले भने,  ‘देशको सबभन्दा मुख्य समाचार भनेको भ्रष्टाचार नै हो। भ्रष्टाचारलाई जबसम्म हामी नियन्त्रण गर्दैनौँ भ्रष्टाचारीलाई जबसम्म कारबाही गर्दैनौँ। तबसम्म सुशासनको प्रत्याभुति गर्न सकिँदैन।भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनु पर्छ। त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाईकन, दृढताकासाथ अगाडि बढ्नुपर्छ। उहाँको जाँचको बेला पनि आएको छ।’

उनले सत्तारुढ दलहरुको साथ प्रधानमन्त्रीलाई रहेको भन्दै दोषीहरु उम्किन र निर्दोषको बदनाम हुन नदिन पनि सरकारलाई सचेत गराए।

‘सत्ता सहयात्री दलहरुले पनि भनिसकेका छन्, कुनैपनि दोषी व्यक्तिहरु, भ्रष्ट व्यक्तिहरु नउम्किउन नछुटुन्’ उनले भने, ‘तर निर्दोषहरु अनावश्यक रुपमा बदनाम गर्ने कामहरु गर्ने र उनीहरुलाई अपमान गर्ने काम नहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .