आइतबारदेखि सुरु संसद्को बर्खे अधिवेशनअन्तर्गत सोमबारदेखि प्रि-बजेटमाथि छलफल जारी छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रि-बजेटमाथि छलफलको कार्यतालिका रहेको छ। बिहान १०ः३० बजेबाट सुरु हुने बैठकमा आइतबार संसद्मा पेस गरिएको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ।
बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरूले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुनेछ।
सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि(बुधबार) जवाफ दिने कार्यक्रम रहेको छ।
3
Shares
प्रतिक्रिया