ad ad

राजनीति


नागरिकलाई अनागरिक बनाएर मानवतस्करी गर्नु निकृष्टतम अपराध हो : बाबुराम

नागरिकलाई अनागरिक बनाएर मानवतस्करी गर्नु निकृष्टतम अपराध हो : बाबुराम

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १६:४६, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना देशका नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नुलाई निकृष्टतम ‘अपराध’ को संज्ञा दिएका छन्। 

बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष भट्टराईले नक्कली शरणार्थी प्रकरणको जति भत्र्सना गथरेपनि थोरै हुने बताएका हुन्। 

‘चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी आदि विकृति आज हाम्रो देश नेपालको अति गम्भीर समस्या बनेको छ,’ भट्टराइले भनेका छन्, ‘दृश्य र अदृश्य भ्रष्टाचार र अनियमितताका अनगिन्ती प्रकरणहरुले आम नागरिकहरुमा समेत राज्य, राजनीतिक दल र नेताहरुप्रति गम्भीर अविश्वास, आक्रोस र विद्रोहभाव बढ्दै गैरहेको छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न समेत उनले आग्रह गरेका छन्। 

कुनै पनि वहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन आफ्नो पार्टीले खबरदारी गरेको पनि उनलेब ताएका छन्। 

यस्तो छ विज्ञप्तिः
चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी आदि विकृति आज हाम्रो देश नेपालको अति गम्भीर समस्या वनेको छ। दृश्य र अदृश्य भ्रष्टाचार र अनियमितताका अनगिन्ती प्रकरणहरुले आम नागरिकहरुमा समेत राज्य, राजनीतिक दल र नेताहरुप्रति गम्भीर अविश्वास, आक्रोस र विद्रोहभाव बढ्दै गैरहेको छ।

हालै सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरण त्यसको एउटा ज्वलन्त नमूना हो। आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो । यसको जति भर्त्सना गरे पनि थोरै हुन्छ । यो प्रकरणमा अहिलेसम्म नेपाल सरकारले र मुख्यतः प्रहरी प्रशासनले जुन तदारुकता देखाएर अनुसन्धान प्रक्रिया अघि वढाएको छ त्यसको नेपाल समाजवादी पार्टी हार्दिक स्वागत गर्दछ । निष्पक्ष ढंगले अनुसन्धानलाई अघि वढाएर यसलाई छिटो तार्किक निष्कर्षमा पुऱ्याउन राज्यका सम्वन्धित निकाय र पदाधिकारीहरुलाई हार्दिक आग्रह गर्दछ ।

साथै कुनै पनि वहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन पनि नेसपा खबरदारी गर्दछ । यो प्रकरणलाई एउटा महत्वपूर्ण टेस्ट(केसको रुपमा लिएर हाम्रो राज्य र समाजमा क्यान्सर फैलिएको भ्रष्टाचारको समस्यालाई दीर्घकालीन रुपमा निवारण गर्न शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार, दलहरुको चुनावी खर्च राज्यले व्यहोर्ने व्यवस्था, सवै तहका भ्रष्टाचारको छानवीन र कार्वाही गर्न शक्तिशाली जनलोकपालको व्यवस्था, प्रशासन र न्यायालयमा समयोचित सुधार तथा राजनीतिक हस्तक्षेपको अन्त्य लगायतका संरचनात्मक सुधार निम्ति आवश्यक संवैधानिक र कानूनी परिवर्तनका लागि पनि नेसपा सवै दलहरु र सरोकारवालाहरुसँग विशेष अपील गर्दछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .