ad ad

राजनीति


भ्रष्टाचारविरुद्ध सतहत्तरै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै राप्रपा

भ्रष्टाचारविरुद्ध सतहत्तरै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै राप्रपा

फाइल तस्बिर : राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र


नेपालखबर
बैशाख २९, २०८० शुक्रबार ९:९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध आज देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ। 

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अहिले दिउँसो १ बजे पार्टीका तर्फबाट देशभरकै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिएका छन्।   

‘संगठित भ्रष्टाचारविरुद्ध राप्रपाको आवाज’ अभियानअन्तर्गत राप्रपाले ज्ञापनपत्र सरकारसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्न लागेको हो। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम दलका ठूला नेताहरू तानिइरहेका बेला राप्रपाले भ्रष्टाचारविरुद्ध आवाज उठाउन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .