ad ad

राजनीति


सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले वाचन गर्ने

सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले वाचन गर्ने

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १६:२९, काठमाडौँ

सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने भएका छन्।

सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुबीच राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले वाचन गर्ने सहमति भएको छ।

वालुवाटारमा आइतबार बसेको शीर्ष नेताहरुको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गर्ने सहमति भएको नेताहरूले बताएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्दै आएका थिए। 

‘नेपाल सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिज्यूले पढ्नु पर्ने हुन्छ। राष्ट्रपतिज्यूले पूर्ण स्वास्थ्य लाभ गरिसक्नुभएको छैन। उहाँ स्वास्थ्य लाभको क्रममै हुनुहुन्छ,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘राष्ट्रपतिज्यूले सक्नुभयो भने पूर्णपाठ गर्नुहोला। सक्नुभएन भने उहाँले संक्षेपमा प्रस्तुत गरेर त्यसपछि पूर्णपाठ प्रधानमन्त्रीज्यूले वाचन गर्ने हो कि भन्ने बारे सहमति भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .