ad ad

राजनीति


टोपबहादुरलाई काठमाडौं परिसर ल्याइयो, स्वास्थ्यजाँचको तयारी

टोपबहादुरलाई काठमाडौं परिसर ल्याइयो, स्वास्थ्यजाँचको तयारी

नेपालखबर
बैशाख ३१, २०८० आइतबार २२:९, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार (आज) साँझ पक्राउ परेका पूर्वमन्त्री एवम् सांसद टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ।

हिरासतमा राख्नुअघि उनको स्वास्थ्य परिक्षणको तयारी अघि बढाइएको छ। प्रहरी स्रोतका अनुसार उनलाई अहिले नै काठमाडौंको भिड कम भएको अस्पताल लगेर स्वास्थ्य जाँच गराउन लागिएको हो। 

भोलि (सोमबार) म्याद थपका लागि अदालत लगिनेछ। 

बूढानिलकण्ठस्थित पासीकोटबाट पक्राउ परेका रायमाझीलाई लगत्तै परिसर ल्याइएको थियो। उनीविरुद्ध गत वैशाख २० गते पक्राउ पूर्जी जारी भएको थियो। 

पुर्जी जारी भएको सूचना बाहिरिएकै साँझ रायमाझी भागेका थिए। 

बुटवलबाट फरार भएका उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले बुढानिलकण्ठस्थित एक घरबाट पक्राउ गरेको हो। 

सोही प्रकरणमा जोडिएका उनका छोरा सन्दीलाई प्रहरीले पक्राउ गरिसकेको छ। सन्दीप अहिले प्रहरीको हिरासतमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .