ad ad

राजनीति


मानव अधिकार उल्लंघनको घटनामा आम माफी हुँदैन : प्रधानमन्त्री

मानव अधिकार उल्लंघनको घटनामा आम माफी हुँदैन : प्रधानमन्त्री

विभिन्न देशका राजदूत र कूटनीतिज्ञहरूको बैठक। तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
जेठ १, २०८० सोमबार १९:४६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उचित मापदण्डका आधारमा शान्ति प्रक्रिया टुंगो लगाउने बताएका छन्

सोमबार सिंहदरबारमा काठमाडौंस्थित विभिन्न देशका राजदूत र कूटनीतिज्ञहरूलाई सम्बोधन गर्दे प्रचण्डले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनको मुद्दामा आममाफी नहुने प्रष्ट पारे।

विस्तृत शान्ति सम्झौता, सर्वाेच्च अदालतको निर्देशन र यससम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताका साथै पीडितहरूको चासो हाम्रा प्रयासहरूलाई अन्त्यतर्फ लैजाने छ,’ उनले भने, ‘शान्ति प्रक्रियाको सफलतामा आएका छौं । म हाम्रो साझेदारलाई आश्वस्त बनाउन चाहन्छु कि नेपालले उचित मापदण्डमा रहेर संक्रमणकालीन न्याय प्रक्रिया पनि टुंग्याउनेछ।’

उनले प्रमुख राजनीतिक दलहरूबीच सहमतिको आधारमा जबरजस्ती बेपत्ता पारिएका व्यक्ति छानबिन र सत्य तथा मेलमिलाप आयोगसम्बन्धी कानुन संसद्मा टेबल गरिएको र छिटो पारित गर्ने सहमति भएको जानकारी गराए। 

‘यस संशोधन प्रस्ताव पीडितमैत्री छ। पीडितहरूले क्षतिपूर्तिको आधिकार राख्छन् भन्ने कुरालाई यस अवधारणाले स्वीकारेको छ,’ प्रधानमन्त्री प्रचण्डले थपे, ‘कसैलाई गम्भीर मानव अधिकार उल्लंघनको घटनामा आम माफी हुने छैन भन्ने म आश्वस्त पार्न चाहन्छ।’

पुस १० गते प्रधानमन्त्री भएपछि पहिलो पटक नेपालस्थित कूटनीतिक नियोग, राजदूत, संयुक्त राष्ट्रसंघका एजेन्सी र विकास साझेदारका प्रमुखहरूलाई बोलाएर व्रिफिङ गरेका हुन्।

सो ब्रिफिङमा भारतका राजदूत नवीन श्रीवास्तव‚ अमेरिकाका राजदूत डिन आर. थम्पसन र चिनियाँ राजदूत छन सोङसहित अन्य मुलुकका राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखहरू सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .