ad ad

राजनीति


राजनीतिक कलहका कारण विदेशी लगानी आकर्षण भएन : वाग्ले

राजनीतिक कलहका कारण विदेशी लगानी आकर्षण भएन : वाग्ले

नेपालखबर
जेठ २, २०८० मंगलबार १५:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन्। 

मंगलवार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका हुन्। 

उनले निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताए। उनले निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउन आवश्यक रहेको बताए। 

‘निजी क्षेत्र मैत्री नेपाल सरकार बन्नुपर्छ। निजी क्षेत्रलाई सम्भावनाका अनुरुप केके गर्नुपर्छ त्यसमा बहस गरौं। निजी क्षेत्रले सिर्जना गरेको रोजगारी,सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी जति समृद्ध हुन्छ,’ उनले भने, ‘कल्याणकारी राज्यलाई धान्न सकिने छ। त्यसरी युवा उद्योगीहरुले गर्ने हो। त्यसबाट आएको अंश हामीले देश निर्माणमा लगाउने हो। निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने हो। सरल सिद्धान्तबाट हामी जानुपर्छ। निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि कस्तो बाटोमा लाने हो। त्यसमा हामीले लिएर जान्छौं।’

उनले सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा वहस आवश्यक रहेको पनि बताए। 

निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने उनको भनाई थियो। 

अब मुलुकका युवाहरूलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने पनि उनले बताए।

‘हामीले गरेको डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जान्छौं। हामी अबको पाँच वर्ष धैर्य गर्ने कुर्ने समय हामीसँग छैन। सन् २०५० एजेट सोसाइटीमा जान्छौं। अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको स्ट्रक्चर बनाउनुपर्छ। छोटो समयमा प्रगति गर्नुपर्ने हुन्छ। कुनै सुतिसुति खाने प्रविधि आयो भने अर्कै कुरा हो,’ सांसद वाग्लेले भने, ‘भारत चीनका मन्त्री आएर भेटघाट गरे भन्नेकुरा भन्दा पनि आर्थिक गतिविधि परिर्वतन भइरहेको छ, १० वर्षमा भारत पनि धेरै परिवर्तन भइरहेको छ। विश्वका नम्बर एक कम्पनीहरुलाई नेपालमा आकर्षण गर्न सकेनौं। राजनीतिक आन्तरिक कलहको कारण विदेशी लगानी आकर्षण गर्ने अवस्था नै थिएन।’

उनले छिमेकी मुलुकहरु आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .