साझा पार्टीले पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
साझा पार्टीले नेपाली रूपैयाँमा पृथ्वी नारायण शाहको फोटो अंकित गर्न र हरेक सरकारी कार्यालयमा ससम्मान उनको फोटो राख्न निर्देशन जारी गर्न सरकारसँग आग्रह गरेको छ।
यस्तै, देश, विदेशमा रहेका सबै नेपाली तथा साझा पार्टीका सम्पूर्ण इकाइलाई हरेक वर्ष पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन पनि साझा पार्टीले आग्रह गरेको छ।
‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे भने झैँ पृथ्वीनारायण शाहले नेपाल राज्यको निर्माण नगरिदिएको भए आज हामी के हुन्थ्यौँ अनुमान गर्न कठिन छ’ साझाले भनेको छ, ‘नेपालको विविधताको जगमा राष्ट्रिय एकतालाई सवल बनाउने मार्गदर्शक सुत्रका प्रणेता पृथ्वीनारायण शाहको दुरदर्शिता र दिव्य उपदेश संवृद्ध नेपाल निर्माणका लागि अहिले पनि उत्तिकै सान्दर्भिक छन्।’
प्रतिक्रिया