ad ad

राजनीति


राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई बुझायो सातबुँदे ज्ञापनपत्र

राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई बुझायो सातबुँदे ज्ञापनपत्र

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ ३, २०८० बुधबार १०:३४, काठमाडौँ

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटी सातबुँदे ज्ञापनपत्र दिएको हो। 

तस्बिर : प्रदीपराज वन्त

ज्ञापनपत्रमा नेपालमा विभिन्न सञ्चार गृहमा फोटो पत्रकारिता गर्ने पत्रकारहरुको हक-हितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्रहालयका लागि जग्गा भवन उपलब्ध गराइदिन माग गरिएको छ। 

त्यस्तै फोटो पत्रकारिताका माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण पत्रकारको बिमा सुरक्षा गरिनुपर्ने र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समावेश गरी फोटो पत्रकारलाई पनि योगदानका आधारमा राष्ट्रले सम्मान गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 

त्यस्तै फोटो पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन विभिन्न तालिमका लागि वार्षिक रुपमा बजेट उपलब्ध गराउन र समयअनुसार अपडेटमा रहन फोटो पत्रकारलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरिएको छ। 

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले फोटो पत्रकारका माग जायज भएको बताउँदै पूरा गर्न आफ्ना तर्फबाट सक्दो पहल गरिने प्रतिबद्धता जनाए। 

‘मागहरु जायज रहेका छन्, त्यति ठूला र गर्न नसकिने माग छैनन् यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु’, प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .