भारतमा हुने साफ च्याम्पियनसिपमा नेपाल बलियो टोली भारत र कुवेत रहेको समूहमा परेको छ।
भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह चरणको 'ड्र'मा आज नेपाल, भारत, कुवेत र पाकिस्तान रहेको समूह 'ए' मा परेको छ। साफ च्याम्पियनसिपमा भारत साविक विजेता र नेपाल उपविजेता टोली हुन्।
समूह 'बी' मा लेवनान, मालदिभ्स भुटान र बंगलादेश समूह 'बी'मा छन्।
दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप २१ जुनदेखि ४ जुलाईसम्म भारतको बेंगलुरुमा हुँदैछ।
साफ च्याम्पियनसिपको यो संस्करणमा दक्षिण एसिया बाहिरका एसियाली राष्ट्र कुवेत र लेबनानले पनि सहभागिता जनाउँदैछन्।
दक्षिण एसियाबाट आयोजक भारतसँगै नेपाल, बंगलादेश, भुटान, पाकिस्तान र मालदिभ्सले प्रतिस्पर्धा गर्दैछन्।
30
Shares
प्रतिक्रिया