ad ad

राजनीति


नक्कली शरणार्थी प्रकरणमा प्रदीप ज्ञवालीको टिप्पणी : एमालेले कारबाही गर्‍यो, कांग्रेसले संरक्षण

नक्कली शरणार्थी प्रकरणमा प्रदीप ज्ञवालीको टिप्पणी : एमालेले कारबाही गर्‍यो, कांग्रेसले संरक्षण

फाइल तस्बिर : प्रदीप ज्ञवाली


नेपालखबर
जेठ ४, २०८० बिहिबार ११:४, पाेखरा

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणको आरोप लागेका नेतालाई आफ्नो पार्टीले कारबाही गरेको तर सत्तारुढ नेपाली कांग्रेसले संरक्षण गरिरहेको आरोप लगाएका छन्। 

शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीलाई एमालेले उनी फरार रहेकै बेला सचिव पदबाट निलम्बन गरेको छ भने सोही प्रकरणमा प्रहरीको हिरासतमा रहेका आफ्ना केन्द्रीय सदस्य पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसले अझै निलम्बन गरेको छैन।  यस विषयमा कांग्रेसमा दुई धार देखिएको छ। 

सोही सदन्र्भमा एमाले उपमहासचिव ज्ञवालीले प्रकरणमा जोडिनासाथ आफ्नो पार्टीले कारबाही गरेको तर अर्को पार्टी (कांग्रेस) ले संरक्षण गरिराखेको टिप्पणी गरेका हुन्।  

प्रेस चौतारी नेपाल कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले भने, ‘हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी (टोपबहादुर रायमाझी) जोडिनुभयो, उहाँ दोषी हो कि निर्दोष भोलि छानबिनले बताउँला, छानबिनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्‍यौँ, तर, अर्को पार्टीले संरक्षण नै गरिराखेको छ।’

नक्कली शरणार्थी प्रकरण सानो ठगी, अपराध मात्र नभएर नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने गम्भीर अपराध भएको ज्ञवालीले बताए। 

उनले भने, ‘तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनैपर्छ।’ 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन्।   

उनीहरू अहिले काठमाडौं उपत्यकाकै विभिन्न प्रहरी कार्यालयका हिरासतमा छन्। बुधबार थप ३ दिनको अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .