राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यताबारे संसदमा प्रश्न उठाएका छन्।
बिहीबार बसेको संसद बैठको प्रश्नोत्तर सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँ जनमोर्चा अध्यक्षसमेत रहेका केसीले यस्तो प्रश्न गरेका हु्न।
‘नेपालमा नयाँ प्रधानमन्त्री भएपछि विदेश भ्रमणमा जाँदा पहिले भ्रमण भारतबाटै गर्नु पर्ने नेपालीको के बाध्यता होला?’, उनले प्रधानमन्त्रीलाई सोधे।
त्यसको जवाफमा प्रचण्डले त्यस्तो कुनै बाध्यता नरहेको खुलाए। ‘नेपालमा त्यस्तो कुनै बाध्यता छैन, पहिलो भ्रमणमा भारत जाने’, उनले भने, ‘पहिलो प्रधानमन्त्रीकालमा मैले यसको जवाफ दिइसकेको छु। खुला सिमाना र निकट सम्बन्ध रहेकाले भारत नै जाने गरिएको हो। अरु त्यस्तो बाध्यता छैन।’
36
Shares
प्रतिक्रिया