ad ad

राजनीति


प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जीवन्त बन्यो : सांसद सापकोटा

प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जीवन्त बन्यो : सांसद सापकोटा

नेपालखबर
जेठ ४, २०८० बिहिबार १८:२२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर जीवन्त भएको बताएका छन्।

बिहीबाबर प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्रीले सांसदहरुसँग गरेको प्रश्नोत्तर कार्यक्रम जीवन्त भएको टिप्पणी गरेका हुन्। 

प्रधानमन्त्रीले लेखेर ल्याएको कुरालाई मात्रै नराखी आज बिहानसम्मका घटनाक्रमहरुलाई समेटेर खदिलो ढंगले प्रश्नको उत्तर दिएको उनले दाबी गरे।

प्रश्नोत्तरलाई नियमित र  प्रभावकारी बनाउनुपर्ने उनको भनाई थियो। 

‘जीवन्त जस्तो नै लाग्यो। प्रधानमन्त्रीले पूर्वतयारी र लेखेर ल्याएको कुरालाई मात्रै राख्नुभएको थिएन। आएका र आज बिहानसम्मका घटनाक्रमलाई समेत समेटेर अधिकतम खदिलो ढंगले प्रश्नको उत्तर दिनुभएको थियो,’ उनले भने, ‘त्यसरी हेर्दाखेरी मलाई लाग्छ यो जीवन्त जस्तो र यसलाई नियमित र प्रभावकारी बनाउनु नै उत्तम हुन्छ जस्तो लाग्छ। पहिले प्रश्न दिनुपर्ने मोडेल नै ठिक लाग्यो । तथ्य तथ्यांकमा पूर्व तयारी गरेर आउनेहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .