नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सामरिक स्वार्थ पूरा गर्ने पुरानै खेल नदोहोर्याउन सचेत गराएका छन्।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र भत्काउन बाह्य शक्तिहरू सक्रिय भएको खबर आउनु गम्भीर रहेको भट्टराईले बताएका छन्।
‘नेपालमा निर्वाचित संविधानसभाबाट बनाएको संविधानका प्रमुख आधारस्तम्भहरू– गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र एकएक गरी भत्काउन बाह्य शक्तिहरू सक्रिय रहेको कुरा आउनु ज्यादै गम्भीर र आपत्तिजनक छ। नियन्त्रित अस्थीरता मार्फत आफ्नो सामरिक स्वार्थ पूरा गर्ने पुरानै खेल नदोहोरियोस्! सबै सतर्क रहौं!’
— Baburam Bhattarai (@brb1954) May 18, 2023नेपालमा निर्वाचित संविधानसभाबाट बनाएको संविधानका प्रमुख आधारस्तम्भहरू-गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र-एकएक गरी भत्काउन बाह्य शक्तिहरू सक्रिय रहेको कुरा आउनु ज्यादै गम्भीर र आपत्तिजनक छ!नियन्त्रित अस्थीरता मार्फत आफ्नो सामरिक स्वार्थ पूरा गर्ने पुरानै खेल…
Shares
प्रतिक्रिया