ad ad

राजनीति


परराष्ट्रमन्त्री साउदद्वारा राहदानी विभाग अनुगमन, सेवा समयमै दिन निर्देशन

परराष्ट्रमन्त्री साउदद्वारा राहदानी विभाग अनुगमन, सेवा समयमै दिन निर्देशन

आइतबार राहदानी विभाग अनुगमनका क्रममा परराष्ट्रमन्त्री एनपी साउद।


नेपालखबर
जेठ ७, २०८० आइतबार १४:९, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले राहदानी विभागलाई हरेक नागरिकले पाउने सेवा-सुविधा समयमै उपलब्ध गराउन निर्देशन दिएका छन्। 

त्रिपुरेश्वरस्थित विभाग आइतबार अनुगमन गर्दै उनले सेवाग्राहीलाई सेवा-सुविधा समयमै उपलब्ध गराउन महानिर्देशक सुरेन्द्र यादवलाई निर्देशन दिएक हुन्। 

‘मैले सबै नागरिकहरुले आफ्नो अधिकारबमोजिम पाउने सेवा-सुविधा उचित किसिमले समयमा उपलब्ध गराउनुपर्छ भनेर भनेको छु,’ विभागको अनुमगनपछि मन्त्री साउदले भने, ‘यसमा केही कमीकमजोरी भएको छ भने पनि त्यसलाई हटाउनका लागि म फेरि समीक्षा गरेर निर्देशन दिन्छु।’

उनले अनुगमनका क्रममा सेवाग्राहीले राहदानी बनाउँदा ढिलासुस्ती हुने गरेको आफूलाई गुनासो गरेको पनि बताए।

‘मैले केही सेवाग्राहीहरुलाई सोधेँ, अलिकति ढिलाइ छ भन्ने सिकायत गरेका छन्। अलि स्पेस कम भयो भन्ने कुरा पनि आएको छ,’ साउदले भने, ‘विशेष गरेर सेवाग्राहीलाई ओपन स्पेस छैन, बस्नलाई पनि ठाउँ कम भयो भन्ने कुरा पनि आएको छ। यी सबै कुराको अध्ययन गरेर म हेर्छु।’ 

उनले राहदानी विभागमा सेवा लिन आउने सेवाग्रहीहरुले भोग्नुपरेको कठिनाइबारे बुझ्न आफू आएको पनि बताए। मन्त्री साउदले अनुगमनका क्रममा सेवाग्राहीदेखि कर्मचारीसँगसमेत छलफल गरेका थिए।

‘यो ठाउँका विशेष गरेर उपभोक्ताहरुलाई के कस्तो कठिनाइ छ। गाह्रो परिराखेको छ कि के छ, यहाँ कमर्चारीले कसरी काम गरिराख्नुभएको छ भनेर हेर्न आएको हुँ,’ परराष्ट्रमन्त्री साउदले भने। 

दैनिक हजारौँ सर्वसाधारण राहदानी लिन लाइन लाग्ने यो कार्यालयको सेवा सुस्त रहेको गुनासो आउने गरेको छ। यसअघि गृहमन्त्री हुँदा रवि लामिछानेले पनि उक्त कार्यालयको अनुगमन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .