ad ad

राजनीति


सूर्य थापा भन्छन्- नीति तथा कार्यक्रम ‘टालाटुली बाटुली, कति राम्री पुतली’

सूर्य थापा भन्छन्- नीति तथा कार्यक्रम ‘टालाटुली बाटुली, कति राम्री पुतली’

नेपालखबर
जेठ ७, २०८० आइतबार १७:५, काठमाडौँ

नेकपा एमालेका सांसद सूर्य थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रम 'टालाटुली बाटुली, कति राम्री पुतली' जस्तो भएको बताएका छन्।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बसेको संसद् बैठकमा उनले ९ वटा पार्टीको नवरंगी खिचडी भएको बताए। ९ दलको गठबन्धनबाट बनेको सरकारले नवरंगी सारसंग्रह जोडेर खिचडी बनाउन खोजे जस्तै नीति तथा कार्यक्रम ल्याइएको उनले बताए।

उनले भने, 'नीति तथा कार्यक्रम अन्योलमा छ, द्विविधाग्रस्त र समस्याग्रस्त छ। यसमा लय छैन, सुर छैन, ताल छैन।'

सरकारको नीति तथा कार्यक्रमलाई उनले केही नमिलेको लिखत मात्रै भएको पनि बताए।

'जस्तो गठबन्धन, त्यस्तै नीति, त्यस्तै सरकार र त्यहीस्वरुपको लिखत आएको छ,' उनले भने, 'यसले आजको नेपाली समाजलाई आत्मविश्वासपूर्वक नेतृत्व गरेर अघि बढाउन सक्दैन।'

सरकारमा सहभागी दलले आफ्नै निर्वाचन घोषणा पत्र र संयुक्त नीति तथा कार्यक्रमको प्रतिवद्धता पनि बिर्सिएर नीति तथा कार्यक्रम ल्याएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .