नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि फेरि कटाक्ष गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो कटाक्ष गरेका हुन्।
‘आफ्नो व्यथा पोखेर मात्र हुँदैन, सरकार किन आफ्नो हातबाट फुत्कियो? त्यसका लागि अरुलाई सत्तोसराप गरेर पनि हुदैँन’, उनले भने, ‘आफ्नो पीडा पोखेर मात्रै हुँदैन, सरकारमा किन बस्न सकिएन? बनिसकेको सरकार किन गुम्यो? अब आफूभित्रका कमीकमजोरी के छन् सुधार गरेर जाऊँ।’
ओलीतिर लक्षित गर्दै उनले अहिले पनि समस्या उस्तै देखिरहेको बताए। ‘अहिले पनि व्यक्तिवादको रोग रहेको छ। आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति छ। अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति पनि उस्तै छ’, उनले भने, ‘अहिले समस्या देखिरहेको छु। व्यक्तिवादको रोगबाट मुक्त भइएन भने, भ्रष्टाचारबाट मुक्त नभए झन् समस्या हुन्छ।’
साँचो अर्थमा आफूमा इमान्दारिता नभएमा समस्या हुने उनले बताए। त्यसैले कुनै पनि कुराको समाधन गर्न पहिले आफू सुध्रिनुपर्ने उनको तर्क थियो।
Shares
प्रतिक्रिया