अर्थमन्त्री डा.प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेट भएको छ।
सोमवार अर्थ मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्रीबीच भेटवार्ता भएको हो। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्रीसहित अर्थसचिव अर्जुन पोखरेलको पनि सहभागिता रहेको थियो।
उपाध्यक्ष ब्रुक्सले गत शनिवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि (एमसीसी) परियोजना कार्यान्वयनको विषयमा छलफल गरेका थिए।
15
Shares
प्रतिक्रिया