ad ad

राजनीति


शरणार्थी प्रकरणमा अभियुक्तविरुद्ध यी हुन् प्रहरीले जुटाएका ४३ प्रमाण

शरणार्थी प्रकरणमा अभियुक्तविरुद्ध यी हुन् प्रहरीले जुटाएका ४३ प्रमाण

नेपालखबर
जेठ १०, २०८० बुधबार १८:३८, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा ५ कसुरमा ३० अभियुक्तविरुद्ध अदालतमा अभियोगपत्र दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालतमा अनुसन्धान सुरु गरेको ६० औं दिनमा अभियोग पत्र दायर गरेको हो।

पक्राउ परेका १६ सहित ३० जनालाई अभियुक्त बनाइएको छ। उनीहरुलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ।

अभियोगमा प्रतिवादीका बयानसँगै अन्य प्रमाण समेत पेश गरिएको छ। प्रतिवादीहरुका मोवाइलमा भेटिएका प्रमाण र आर्थिक लेनदेन मुख्य प्रमाण देखिएका छन्।
यस्तै अन्य पनि गरी ४३ वटा दसी प्रमाण जुटाएको अभियोगमा उल्लेख छ।

यो प्रकरणमा पक्राउ पर्नेमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी रहेका छन्।

केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन्।

फरार रहेका बचन झा, रमा थापा र गोकुल थापालाई पनि प्रहरीले संलग्न देखिएको बताए पनि अहिलेको मुद्दामा भने प्रतिवादी छैनन्।

फरार रहनेमा पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक र सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरजसहित छन्।

यस्तै केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन कुमार खरेल, राजेश अर्याल, हरिभक्त महर्जन र आशिष बुढाथोकी रहेका छन्।

यी हुन् प्रहरीले जुटाएका ४३ दसी प्रमाण

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .