ad ad

राजनीति


एमालेको अवरोधले रोकिएको संसद बैठक ६ बजेसम्मका लागि स्थगित

एमालेको अवरोधले रोकिएको संसद बैठक ६ बजेसम्मका लागि स्थगित

नेपालखबर
जेठ १२, २०८० शुक्रबार १७:९, काठमाडौँ

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। शुक्रबार मध्यान्ह १२ः४५ बजे २० मिनेटका लागि स्थगित भएको बैठक आजै दिउँसो ३ बजेका लागि तय गरिएको थियो। 

३ बजे बस्ने भनिएको बैठक आजै साँझ ६ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ। 

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले ६ बजेका लागि बैठक तय भएको जानकारी गराएका छन्। 

‘आज मिति २०८० साल जेठ १२ गते शुक्रबार सूचना प्रकाशित गरी दिनको ३ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै बेलुका ६ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।

यसअघिको संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पशुपतिनाथको जलहारीमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको छानवीन गर्नुपर्ने माग गरेका थिए।

उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन वा भ्रष्टाचार गरेको प्रमाण दिन माग गर्दै एमालेले संसद बैठक सुरु हुनेवित्तिकै अवरोध गरेको थियो।

एमालेको निरन्तरको अवरोधपछि बैठक स्थगित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .