नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्रबाहेक अरु तन्त्र नहुने बताएका छन्।
नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुने धारणा राखेका हुन्।
देउवाले सञ्चारमाध्यमको आलोचना कांग्रेसलाई सधैँ चाहिने पनि बताए। तर, आलोचना स्वस्थ हुनुपर्ने उनको भनाइ छ।
‘आलोचना गर्नूस्, कांग्रेसलाई आलोचना चाहिन्छ’, सभापति देउवाले भने, ‘तर स्वस्थ आलोचना गर्नूस्।’
कार्यक्रममा कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लोकतन्त्रका नाममा प्रेस स्वतन्त्रता र प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जाल अभद्र बन्दै गइरेहेको टिप्पणी गरे।
त्यसको प्रभाव कांग्रेसलाई पर्दै गएको उनले बताए।
लोकतान्त्रिक पार्टी कांग्रेसको विकल्प खोज्नेभन्दा कांग्रेसलाई सुधारेर जनताको पार्टी बनाउने जिम्मेवारी पार्टीकै भएको सुझाव उनले दिए।
यो जिम्मेवारी पार्टीसँगै भ्रातृ र शुभेच्छुक संगठनको पनि भएको विश्वकर्माले जोड दिए।
Shares
प्रतिक्रिया