ad ad

राजनीति


‘स्वास्थ्य सामग्रीको २ अर्ब भ्रष्टाचार र पशुपतिमा सुन भनी पित्तल’ शब्द संसदको रेकर्डबाट हट्यो

‘स्वास्थ्य सामग्रीको २ अर्ब भ्रष्टाचार र पशुपतिमा सुन भनी पित्तल’ शब्द संसदको रेकर्डबाट हट्यो

नेपालखबर
जेठ १३, २०८० शनिबार १७:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत जेठ १० गते प्रतिनिधिसभा बैठकमा बोलेका शब्दहरू संसदको रेकर्डबाट हटाइएको छ। 

शनिबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले दाहालले संसदमा प्रस्तुत गरेको ‘स्वास्थ्य सामाग्रीको २ अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।

‘मिति २०८० जेठ १० गते आर्थिक वर्ष २०८०÷०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा माननीय सदस्य लेखनाथ दाहालले प्रयोग गर्नुभएको विचारहरुभित्र स्वास्थ्य सामाग्रीको २ अरबको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसदको अभिलेखबाट हटाउन म सचिवालयलाई निर्देशन गर्दछु,’ सभामुख घिमिरेले भने। 

सिन्धुलीका सांसद दाहालले पशुपतिनाथको जलहरी लगाउँदा तत्त्कालिन सरकारले ‘पित्तल’ लगाएको आरोप लगाएका थिए। उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै शुक्रबारको संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको थियो। 

एमालेको विरोधका कारण रोकिएको प्रतिनिधिसभा बैठक शनिबार ४ बजेका लागि बोलाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .