प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार सबैको साझा शत्रु भएको भन्दै कडाइका साथ नियन्त्रण गर्नुको कुनै विकल्प नभएको बताएका छन्।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले निरोधात्मक, उपचारात्मक र प्रबर्धनात्मक सबै उपायहरू अवलम्बन गरी नियन्त्रण गर्नुपर्ने बताए।
‘भ्रष्टाचार हामी सबैको साझा शत्रु भएकाले निरोधात्मक, उपचारात्मक र प्रबर्धनात्मक सबै उपायहरू अवलम्बन गरी कडाइका साथ नियन्त्रण गर्नुको कुनै विकल्प छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।
साथै, उनले भ्रष्टाचार नियन्त्रणमा आफ्नो मुटु हल्लिएको हो कि भनेर आशंका भएको भन्दै कुनै शंका नगर्न आग्रह गरेका छन्।
छदेशभरीका सरकारी र सार्वजनिक चल अचल सम्पत्तिको अभिलेख तयार गरी संरक्षण गर्ने कुरालाई पनि सरकारले विशेष ध्यान दिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा कतिपय माननीय सदस्यहरूले सरकारको अझ प्रधानमन्त्रीकै मुटु पनि हल्लिएको हो कि भनेर आशंका गर्नुभयो। म ती माननीय सदस्यहरूलाई विल्कुल आशंका नगर्न बरु सरकारले सुरु गरेको अभियानमा दृढतापूर्वक उभिन अपिल गर्छु।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न सरकारले मुटु जाँच गर्न रास्वपाका सभापति रवि लामिछानेले माग गरेका थिए ।
उनले लामिछानेप्रति इंकित गर्दै आफ्नो मुटु नहल्लिने दाबी गरे।
Shares
प्रतिक्रिया