प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफल गराएकोबारे नकारात्मक ढंगबाट प्रश्न आएको टिप्पणी गरेका छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
‘मैले सरल ढंगले इमान्दारिताका साथ हाम्रो ऐन कानुनको व्यवस्था र प्रणाली राष्ट्रपतिबाट पढिसकेपछि छलफल हुन्छ तर कमा र फुलस्टप पनि चेन्ज नहुने परम्परा छ भनेर इमानदार भएर भन्दा अहिले किन छलफल गराएको त? भनेर नेगेटिभ ढंगबाट प्रश्न राख्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले यो पनि भनेको थिएँ, म त यो हुनु हुँदैन भन्ने पक्षको हो। तर अहिले नै मैले त्यसो गर्न सक्ने अवस्था छैन।’
राजनीतिक तहमा छलफल र ऐन कानुनमा परिवर्तन गरेर आगामी आर्थिक वर्षदेखि नीति कार्यक्रम परिमार्जन गर्नुपर्नेमा छलफल हुनुपर्ने उनले बताए।
छराजनीति तह र ऐन कानुनमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ। हामी सबै मिल्यौं भने यो नीति कार्यक्रम परिमार्जन हुनसक्छ पो भनेको हो त। मैले सरल र इमानदार भएर यथार्थ भनेको हुँ,’ उनले भने।
नीति कार्यक्रममाथि भएको छलफलका विषय बजेटबाट सम्बोधन गर्न सकिने प्रधानमन्त्रीको भनाई छ। ‘यहाँ भएको छलफलबाट केही हुँदैन भन्ने होइन बजेटबाट केही सम्बोधन गर्न सकिन्छ। यो छलफलको कामै छैन भन्नु हुँदैन। यसलाई जे सत्य हो त्यही रुपमा बुझ्न अनुरोध गर्न चाहन्छु,’ उनले भने।
Shares
प्रतिक्रिया