आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ।
शनिबार प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गरेका थिए।
त्यसपछि प्रतिनिधिसभा बैठकमा उक्त प्रस्ताव बहुमतले पारित भएको हो।
‘राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुख घिमिरेले भने।
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका थिए।
राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ। दुबै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ।
प्रतिनिधिसभाको अर्को बैठक जेठ १४ गते दिनको १ बजेका लागि बोलाइएको छ।
Shares
प्रतिक्रिया