पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आधिकारिक ट्वीटर ह्यान्डललाई निजी बनाएपछि राष्ट्रपति कार्यालयले नयाँ ह्यान्डल बनाएको छ।
भण्डारी शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्यान्डल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको साढे २ महिनापछि नयाँ ट्वीटर ह्यान्डल बनाइएको हो।
भण्डारीले भेरिफाइड ट्वीटर ह्यान्डल @presidentofNP लाई @BidyaDBhandari मा रुपान्तरण गरेपछि भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको थियो।
शीतल निवासले अहिले राष्ट्रपति रामचन्द्र पौडेलका लागि @OOP_Nepal ट्वीटर ह्यान्डल प्रयोगमा ल्याएको छ।
पौडेलका प्रेस संयोजक खिला कार्कीले उक्त ह्यान्डलबारे जानकारी दिँदै ट्वीटरमा लेखेका छन्, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको आधिकारिक ट्वीटर अकाउन्ट @OOP_Nepal भएको जानकारीका लागि अनुरोध छ।’
फागुन २५ गते राष्ट्रपतिमा पौडेल निर्वाचित भएका थिए। उनले फागुन २९ गतेमा शपथग्रहण गरेका थिए। सोही दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेकी थिइन्।
Shares
प्रतिक्रिया