प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको मध्य प्रदेश राज्यस्थित उज्जैन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गरेका छन्।
शुक्रबार बिहान नयाँदिल्लीबाट हवाईजहाजमा इन्दौर उत्रिएका प्रचण्डले त्यहाँबाट सडकमार्ग हुँदै महाकालेश्वर मन्दिरमा मध्यान्ह १२ बजे पूजा गरेका हुन्।
पूजाका क्रममा प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महत पनि सहभागी थिए।
प्रचण्डले बिरामी अवस्थामा रहेकी पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामनासहित महाकालेश्वर मन्दिरमा १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ पनि दान गरेका छन्।
इन्दोरमा प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए भने मन्दिरमा राज्यपाल नै पुगेका थिए।
भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक हो। जुन मन्दिरबारे कालिदासले मेघदूतमा पनि उल्लेख गरेका छन्। उक्त मन्दिर प्रजापति ब्रम्हाले स्थापित गरेको विश्वास छ।
Shares
प्रतिक्रिया