राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएका कारण संसदमा बिरोध गरेको बताएका छन्।
उनले विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको उनको भनाई छ। त्यस्तै उनले भारतीय हरुले नेपालमा भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले बहुमत पु¥याउन खोजेका बताए।
भारतले नेपाललाई सिक्किम र भुटान बनाउन प्रयत्न गरिरहेको उनको भनाई छ।
‘अंगिकृतबाट जन्मिएकालाई बंशजको नागरिकता दिनै मिल्दैन। संविधानमै त्यो कुरा राखियो षड्यन्त्र गरेर। भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर। एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भूटान बनाउन प्रयत्न गरिराखेको छ,’ सांसद केसीले भने, ‘त्यसको बिरुद्धमा संगठित रुपले नेपाली जनताले त्यो हस्तक्षेपको विरोध गर्नुपर्छ। नयाँ बनेको संसदमा अखण्ड भारत भनेर हाम्रो कपिलवस्तु, रुपन्देही, लुम्बिनी, पाकिस्तानको तक्षशिला राखेर भारतीय शासकहरु अखण्ड भारत बनाउने भनेपछि भारतले के के आँटिराखेको त?’
नेपाललाई हिन्दुराज्य बनाउने मात्रै बनाउने नभई अखण्ड भारतमा समे सामेल गराउने तयारी भारतको रहेको उनको भनाइ छ।
‘होइन कि नेपाललाई अखण्ड भारतमा सामेल गराउने योजना छ अहिले जुन बन्द गरिरहनु भएको छ साथीहरुले उहाँहरुले अंगिकृत नागरिकबाट जन्मिएकालाई वंशजको दिनुहुन्न भन्ने होइन कि उहाँहरुले दिन पाइएन त्यत्ति कुरा हो। अघिल्लो संसदले पारित गर्यो नि,’ उनले भने, ‘यदी त्यतिबेला ओलीजी नै प्रधानमन्त्री भए निधारले सही गरेर तत्कालिन राष्ट्रपतिलाई दिनुभएको। अहिलेको झगडा भनेको कसले दिने त्यो काम? त्यही हो।’
भारतले भूमि मिचेको र ईपीजी प्रतिवेदनबारे प्रश्न नै नउठेको भन्दै भारतले नेपालका शासकहरुलाई बिरालोले मुसो खेलाएझैं खेलाएको टिप्पणी गरे।
‘भारतले भूमि मिचेको बारे कुरै भएन। इपीजी बारेमा प्रश्नै उठाउनुभएन। भारतले नेपालको शासकहरुलाई बिरालोले मुसो खेलाएझैँ खेलाएर नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि, यहाँको प्राकृतिक, स्रोत, साधनमाथि कब्जा गर्दै गएको छ,’ उनले भने, ‘सबभन्दा पहिले नेपालमा करोडौँ अंगिकृत नागरिकबाट जन्मिएकालाई बंशजको नागरिक गराएर नेपालमा भारतीयहरूले जनसांख्यिक हिसाबले बहुमत भारतीयहरुको बनाउन चाहन्छन्।’
Shares
प्रतिक्रिया