नेपाली कांग्रेसको संस्थापन इतर समूहले सुरु गरेको रुपान्तरण अभियान कर्णाली प्रदेश पुगेको छ। मधेश, बागमती, गण्डकी प्रदेश हुँदै रुपान्तरण अभियान कर्णाली पुगेको हो।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार रुपान्तरण अभियान अन्तर्गत कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले कार्यकर्तामा देखिएको निराशा आशामा बदलिने विश्वास व्यक्त गरे।
नेतृत्वले गलत गर्दा टुलुटुलु हेरेर मात्र बस्न नसकेको भन्दै उनले आफूहरु प्रदेशस्तरीय अभियान सकेपछि जिल्ला–जिल्ला र गाउँ–गाउँमा जाने बताए।
युवा नेता भुपेन्द्रजंग शाहीको सभापतित्वमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, जगदीश्वरनरसिंह केसी, चन्द्रमोहन यादव, गुरूराज घिमिरे, लक्ष्मणलाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, डिल्लीराम सुवेदी, युवराज पाण्डे, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादव उपस्थित थिए।
रुपान्तरण अभियान अन्तर्गत जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुने बताइएको छ।
Shares
प्रतिक्रिया