नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानमा पोलेकाहरुलाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने कुरा अदालतमा उठेको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा गरिएको ठगी प्रकरणमा समातिएकाहरुबारे जिल्ला अदालत काठमाडौंमा जारी थुनछेकको बहसमा सहभागी अधिवक्ताले यस्तो कुरा उठाएका हुन्।
थुनछेक बहसमा जाहेरवालाको तर्फबाट सहभागी अधिवक्ता हरि कट्टेले पक्राउ परेकाहरुले बयानमा पोलेकालाई पनि यो मुद्दाको प्रतिवादी बनाउन माग गरे।
‘नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुबाट बयानमा पोलिएका व्यक्तिहरुलाई पनि अदालतको प्रतिवादी बनाउनु पर्छ’, उनले इजलासमा बयानका क्रममा भने, ‘बयानमा पोलिएका व्यक्तिहरुलाई पनि ‘जुरिसियल नोटिस’दिएर तत्काल प्रतिवादी कायम गरियोस्।’
यदि यसो गर्न नसकेमा बयानमा पोलिएका भीआईपीहरुदेखि अन्यले पनि उन्मुक्ति पाउन सक्ने उनले चिन्ता जाहेर गरे।
‘उनीहरुलाई उन्मुक्ति नदिइयोस्’, कट्टेलले भने, ‘नोटिस दिएर पनि प्रतिवादी कायम गरेर मुद्दा अघि बढाइयोस्।’
यो प्रकरणमा पक्राउ परेकाहरुले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितको नाम लिएका थिए।
Shares
प्रतिक्रिया