ad ad

राजनीति


‘अखण्ड भारत’ राजनीतिक नक्सा होइन : प्रधानमन्त्री

‘अखण्ड भारत’ राजनीतिक नक्सा होइन : प्रधानमन्त्री

नेपालखबर
जेठ २४, २०८० बुधबार १२:३१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नक्सा राजनीतिक नक्सा नभएको दाबी गरेका छन्। त्यो नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तु पनि उल्लेख गरिएको छ। 

तर त्यो राजनीतिक नक्सा नभएकाे दाबी प्रधानमन्त्री दाहालले बुधबार राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने क्रममा गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा आफूले नक्साबारे गम्भीर रुपले कुरा राखेको पनि जानकारी दिए।

‘संसद्को नक्साबारे कुरा भयो। मैले गम्भीर रुपले नै किनकि त्यो धेरै अध्ययन त भइसकेको थिएन,’ उनले भने, ‘तर, पनि जसरी मिडियामा आएको थियो त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ।’

जवाफमा आफूले उक्त नक्सा ऐतिहासिक र सांस्कृतिक नक्सा रहेको उत्तर पाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। 

‘नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोण प्रतिकोणबाट चर्चा भएको छ भन्दा उहाँहरुले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिएँ,’ प्रधानमन्त्रीले भने, ‘यो कुनै राजनीतिक नक्सा होइन। यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो। यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने जवाफ उहाँहरुको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .