निर्वाचन आयोगले छलफलका लागि राजनीतिक दलहरूलाई बोलाएको छ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई भोलि (शुक्रबार) बिहान साढे ११ बजेका लागि बोलाइएको हो।
‘विभिन्न पाँच विषयमा छलफलका लागि बोलाएका हौं’, प्रवक्ता शर्माले बिहीबार बिहान नेपालखबरसँग भने।
उनका अनुसार जिल्ला निर्वाचन कार्यालय खारेज, आयोगले तर्जुमा गरेको निर्वाचन कानुन विधेयक, मदतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी साउनदेखि मतदाता नामावलीमा समेट्ने र राजनीतिक दलहरूको लेखापरीक्षण सम्बन्धमा छलफल हुनेछ।
यही जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेट भाषणमा सबै निर्वाचन कार्यालय खारेज गरिने उल्लेख गरिएको छ। त्यसप्रति असहमति जनाउँदै निर्वाचन आयोगले प्रेस विज्ञप्तिमार्फत उक्त निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने भनेको थियो।
Shares
प्रतिक्रिया