ad ad

राजनीति


भारतसँगको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकतावद्ध हुनुपर्छ : सांसद सापकोटा

भारतसँगको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकतावद्ध हुनुपर्छ : सांसद सापकोटा

नेपालखबर
जेठ २६, २०८० शुक्रबार १८:४२, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा सुबोधले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकतावद्ध हुनुपर्ने बताएका छन्।

सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्शा आफ्नो नयाँ संसदमा राखेर गम्भिर गल्ती गरेको समेत बताए। 

भारतको सो कदम उसकै उन्नति, प्रगति र हितको पक्षमा नरहेको उनको भनाई थियो। 

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा भारतले सीमामा विवाद खडा गरेर बस्नु कुनै पनि अर्थमा सही नभएको बताए। 

‘म भन्न चाहन्छु–भारतले जे गर्‍यो, गल्ती गर्‍यो। यसले भारतको उन्नति, प्रगति, हित छँदैछैन। किनभने विश्व बजारमा प्रतिष्पर्धामा जानुपर्ने बेलामा पुराना कुराहरुमा अल्मलिएर नक्शाको कुरामा मात्रै विवाद गर्ने भनेको भारत विश्व बजारको प्रतिस्पर्धामा आफूलाई खह्रो ढंगले लैजान सकिरहेको छैन भन्ने नै देखिन्छ,’ सांसद सापकोटाले भने, ‘हाम्रा तर्फबाट कूटनीतिक ढंगले, राजनीतिक ढंगले सिंगो देश एकतावद्ध भएर नेपाली भएर भारतसँग वार्ता गर्नुपर्छ।’

सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल गर्नु भएको पनि दोहोर्‍याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .