ad ad

राजनीति


अर्थमन्त्रीलाई सांसद पौडेलको प्रश्न- संसदमा उठेका विषयलाई बजेटमा कसरी समावेश गर्नुहुन्छ?

अर्थमन्त्रीलाई सांसद पौडेलको प्रश्न- संसदमा उठेका विषयलाई बजेटमा कसरी समावेश गर्नुहुन्छ?

नेपालखबर
जेठ २८, २०८० आइतबार १५:५०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई संसद्मा उठेका विषयलाई कसरी बजेटमा समावेश गर्नुहुन्छ? भन्दै प्रश्न गरेका छन्।

मुलुकको अर्थचतन्त्रमा देखिएको समस्या लामो बेतिथिको शृङ्खलाको विकसित रुप भएको उनको टिप्पणी छ।

‘एउटा किसान बाँदर आतङ्कदेखि जलवायु परिवर्तनसम्मका अनगिन्ती समस्यासँग जुँधिरहेको हुन्छ, तर उसको राज्यसँगको भेट केवल तिरो तिर्ने बेलामा मात्रै हुन्छ, यस्तो अवस्था सधैँ रहिरहने हो भने सरकारले अघि सारेका कार्यक्रम कसरी पूरा हुन्छन?’ सांसद पौडेलले भने।

सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटले श्रम र शिक्षालाई व्यावहारिक रुपमा जोड्न नसक्ने उनको दाबी छ।

सांसद पौडेलले बजेटमा नागरिक पेन्सनको व्यवस्था गर्ने सकारात्मक विषय भए पनि त्यसलाई पूर्णरुपमा व्याख्या गर्नुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .