ad ad

राजनीति


सर्वोच्चमा मुद्दा दर्ता भएपछि राप्रपा सांसद शाहीले संसदबाटै मागे प्रधानमन्त्रीको राजीनामा

सर्वोच्चमा मुद्दा दर्ता भएपछि राप्रपा सांसद शाहीले संसदबाटै मागे प्रधानमन्त्रीको राजीनामा

नेपालखबर
जेठ २८, २०८० आइतबार १५:५८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्डले राजीनामा माग गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्डकोविरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरे। 

अदालतमा उपस्थित हुँदा प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री वा पुष्पकमल दाहालको हैसियतमा उपस्थित हुनुहुन्छ? भन्दै प्रश्न समेत गरे। 

‘प्रतिनिधि सभा नियमावली २०६९ को नियम ३६ अन्तर्गत सम्माननीय प्रधानमन्त्रीज्यु यो संसदको सदस्य पनि हो। तर आज सम्माननीय प्रधानमन्त्रीज्युको बिरुद्धमा सम्मानित सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सर्वोच्च अदालतले ३० गते सम्माननीय प्रधानमन्त्रीज्युलाई अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ। म यहाँ सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु, यो  ३० गते प्रधानमन्त्रीज्यु अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ की, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ?’ 

उनले अपराध जस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने पनि बताए। प्रधानमन्त्री नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने पनि उनले बताए। 

‘अपराधको कुरामा अदालतमा जाने कुरा के हो? त्यसैले म सम्माननीय सभामुखमार्फत सम्माननीय प्रधानमन्त्रीज्युको तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ,,’ शाहीले भने, ‘नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन। यो सामान्य कुरा होइन, युद्ध अपराध जस्तो मुद्दा सर्वोच्च अदालतमा दर्ता गरिसकेपछि प्रधानमन्त्रीज्यु त्यो पदमा बसिरहन उचित हुँदैन। नैतिकताका आधारमा पनि प्रधानमन्त्रीको राजीनामा दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .