निजामती कर्मचारीहरूलाई टिकटक नबनाउन निर्देशन दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ।
कार्यालय समय वा पोसाक लगाएर र कार्यालयको हाताभित्र टिकटक बनाउन रोक लगाउनेगरी देशभरका सम्बन्धित कार्यालयहरूलाई परिपत्र गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको सचिवालयका अुनसारकार्यालयको सवारी साधन प्रयोग गरेर पनि टिकटक बनाउन रोक लगाइएको हो।
कार्यालय समयमा वा पोसाकमा टिकटक बनाउँदा समस्या उत्पन्न हुने गरेको भन्दै मन्त्रालयले त्यसमा रोक लगाइएको सचिवालयका एक सदस्यले नेपालखबरलाई जानकारी दिए।
78
Shares
प्रतिक्रिया