प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएका छन्।
सोमबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुबै विधेयक संसद समक्ष प्रस्तुत गरेका हुन्।
सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथिको बिरोधको सूचना दिएका थिए।
तर उक्त दुवै विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको बिरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो।
अहिले विनियोजित विधेयकको विषयमा छलफल सुरु भएको छ।
45
Shares
प्रतिक्रिया