ad ad

राजनीति


बजेटमा असन्तुष्टि बढेपछि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बजेटमा असन्तुष्टि बढेपछि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार १२:३५, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेटलाई लिएर असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको छ।

मंगलबार बिहान बसेको बैठकमा बजेटमा बजेटलाई लिएर सत्ता गठबन्धनका दलहरूको असन्तुष्टिबारे छलफल भएको एकजना नेताले बताएका छन्। 

आगामी बजेटलाई लिएर सबैभन्दा असन्तुष्टि नेकपा एकीकृत समाजवादी पार्टीले देखाइरहेको छ।

उसका सांसदहरुले संसद् बैठकमै बजेट नसच्याए सरकारबाटै बाहिरिने चेतावनी पनि दिएका छन्। अध्यक्ष माधवकुमार नेपालले पनि कांग्रेस र र माओवादीले एकलौटी गरेको भन्दै सार्वजनिक रुपमै विरोध जनाइरहेका छन्। 

सोमबार बिहान अन्य ८ जना नेताहरुलाई लिएर अध्यक्ष नेपाल बालुवाटार छिरेका थिए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बजेटमा रहेका कमजोरी नसच्याए सत्ता सहयात्राबारे सोच्नुपर्ने अवस्था आउने बताएका थिए।

मंगलबारको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .