राष्ट्रपति रामचन्द्र पौडेल २४ घण्टासम्म अस्पतालमा रहने भएका छन्।
मंगलबार अस्वस्थ भएर बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई २४ घण्टा अवलोकनमा राखी भोलि डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुनु भएको र उहाँलाई चिकित्सकहरुको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकन (अबजर्वेसन) मा राखी भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँदछौं’ अस्पतालले विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।’
57
Shares
प्रतिक्रिया