ad ad

राजनीति


पुरानो संसद भवन भत्काएर अत्याधुनिक बनाउन विकास तथा प्रविधि समितिको निर्देशन

पुरानो संसद भवन भत्काएर अत्याधुनिक बनाउन विकास तथा प्रविधि समितिको निर्देशन

नेपालखबर
पुस २९, २०७६ मंगलबार १०:१६,

 संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबार स्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ।

शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जीर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई बिग्रन नदिई नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो। समिति सभापति कल्याणी कुमारी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई उक्त निर्देशन दिएकी हुन्।

बैठकमा सांसदहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संसद भवन भत्काएर वा रेट्रोफिटिङ गर्ने भन्ने विषयमा उचित सुझाब दिन नसकेको बताएका थिए। सांसद रामबहादुर विष्टले भूकम्प गएको धेरै वर्ष हुँदासमेत भवन निर्माणको सुरुवात हुन नसकेको र कसरी बनाउने भन्ने सझाव समेत दिन नसकेको बताए। सांसद यज्ञराज सुनुवारले जीर्ण भवन राखेर उपयुक्त नहुने भएकाले नयाँ भवन निर्माण गर्नुपर्ने बताए।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने सुझाबहरु विज्ञबाट आएको बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरी शर्माले भवनलाई यथावत अवस्थामा राख्न उपयुक्त नहुने भए पनि भत्काएर अर्को संरचना बनाउने कि के गर्ने निर्णय नभएको बताए। उनले केही बजेट विनियोजन गरिए पनि के बनाउने भन्ने निक्र्योल भएपछि बजेट थप हुने बताए।

समितिले भने भवनलाई यत्तिकै बचाएर उपयोग गर्ने अवस्था नहुने भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .