ad ad

राजनीति


मेलम्चीको मुहानबाट याङ्ग्री र लार्केको पानी ल्याउने प्रधानमन्त्रीको वाचा (तस्बिरहरू)

मेलम्चीको मुहानबाट याङ्ग्री र लार्केको पानी ल्याउने प्रधानमन्त्रीको वाचा (तस्बिरहरू)

नेपालखबर
असार २, २०८० शनिबार १४:५८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन्। शनिबार बिहान जिल्लाका निर्वाचित सांसद तथा जनप्रतिनिधिसहितको टोलीसहित प्रधानमन्त्री प्रचण्ड अवलोकनका लागि सिन्धुपाल्चोक पुगेका हुन्। 

सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथानमा रहेको आयोजनाको मुहानसम्म पुगेर प्रधानमन्त्री प्रचण्डले क्षेत्रको बारेमा अवलोकन र जानकारी लिएका हुन्। 

अवलोनकका क्रममा प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, उनले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए।

साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची पुगेका थिए।

विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो। बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो।

विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायीरुपमा काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो। विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो।

मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनःमेलम्चीको पानी वितरण थालिएको थियो। 

के हो याङ्ग्री र लार्के खोलाको लक्ष्य?
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको बरुवा र भोताङमा पर्ने याङ्ग्री र लार्के खोलाबाट १७÷१७ करोड लिटर पानी काठमाडौं लैजाने योजना छ।

मेलम्चीको मुहान हेलम्बुको रिबर्माबाट नौ किलोमिटर सुरुङ खनेर याङ्ग्री र याङ्ग्रीबाट थप दुई किलोमिटर सुरुङमार्फत पानी लैजान सकिने आयोजनाको भनाइ छ।

मेलम्चीपछि सन् २०२५ सम्म याङ्ग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी काठमाडौं भित्रयाउने आयोजनाको लक्ष्य छ।

मेलम्चीपछि सन् २०२५ सम्म याङ्ग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी काठमाडौं भित्र्याउने आयोजनाको लक्ष्य छ।

सबै तस्बिरहरू : प्रदीपराज वन्त/रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .