नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुले बनाएको समाजवादी मोर्चाले कुनै पार्टीलाई घुर्क्याउन, दबाब दिन र तर्साउन नखोजेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणासभा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन्।
‘राजनीतिमा भएका विसंगतिलाई अन्त्य गर्न हामी एक भएर अघि बढ्न चाहन्छौं,’ उनले भने,‘हामीले कुनै पार्टीलाई घुक्र्याउन चाहेका होइनौं। कसैलाई दबाब दिन चाहेका पनि होइनौं। कसैलाई तर्साउन पनि चाहेका होइनौं।’
उनले प्रतिगमनको पक्षमा कोही लाग्न चाहेको खण्डमा आफूहरु मुकाबिला हुने बताए।
‘ढुक्क हुनुस्, जो प्रतिगनको पक्षमा छन्। तीनै तर्सन्छन् जो समाजलाई आमुल परिवर्तन गर्ने मान्यताको पक्षमा छैनन्,’ उनले भने।
24
Shares
प्रतिक्रिया