ad ad

सुदूरपश्चिम


मल समातेपछि कैलालीमा किसान र सशस्त्र प्रहरीबीच विवाद

मल समातेपछि कैलालीमा किसान र सशस्त्र प्रहरीबीच विवाद

नेपालखबर
असार ४, २०८० सोमबार १७:५४, कञ्चनपुर

कैलालीको भजनी नगरपालिकामा सशस्त्र प्रहरीले किसानको रासायनिक मल समातेपछि विवाद भएको छ।

भजनी नगरपालिका–५ पगियापसारमा सशस्त्र प्रहरीले रासायनिक मल समातेपछि विवाद भएको हो।

भारतीय सीमावर्ती बजारबाट रासायनिक मल ल्याउने क्रममा किसान र सशस्त्र प्रहरी विवाद भएको भजनी नगरपालिका–५ का अध्यक्ष केशव बहादुर बुढाले बताए।

‘धान खेतीका लागि मल ल्याउँदा सशस्त्र समात्यो, किसानले बेच्ने उद्देश्यले मल ल्याएका होइनन्,’ उनले भने, ‘सशस्त्रले समातेपछि किसान आक्रोशित हुँदा विवाद भएको हो।’

भजनी नगरपालिका–१, २ र ५ का १२ जना किसानले तीन गाडामा ४७ बोरा मल ल्याएका थिए। सो मल अवैध तरिकाले भित्रिएको भन्दै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएको मल फिर्ता गर्नुपर्ने किसानहरुले माग गरेका छन्। अवैध तरिकाले भित्रिएको मल सशस्त्र प्रहरीले नियन्त्रण्मा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

किसानले धान खेतीका लागि ल्याइरहेको मल नियन्त्रणमा लिनु दुःख रहेको  वडाध्यक्ष बुढा बताउँछन्।

‘सीडीओ सावसँग कुरा गरेर अहिले मल नवदुर्गा प्राथमिक विद्यालयमा राख्ने तयारी गरेका छौँ,’ उनले भने, ‘सशस्त्रले नियन्त्रणमा लिएको मल कसरी किसानलाई फिर्ता गर्न सकिन्छ त्यसमा छलफल हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .