ad ad

राजनीति


हाम्रो पार्टीलाई कसैले निल्नेवाला छैन, हामी निलिनेवाला पनि छैनौं : माधव नेपाल

हाम्रो पार्टीलाई कसैले निल्नेवाला छैन, हामी निलिनेवाला पनि छैनौं : माधव नेपाल

तस्बिर : सरोज बैजु


नेपालखबर
असार ४, २०८० सोमबार १८:०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चा निर्माण भएपछि आफ्नो पार्टीको विलय नहुने बताएका छन्। 

सोमबार समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन्। 

‘कसैले व्याख्या गरेका छन्, अब यो पार्टी अर्को पार्टीमा विलय त हुने होइन? हाम्रो पार्टीमा पनि केहीलाई त्यस्तो परेछ। कसैले निल्नेवाला छैन, हामी निलिनेवाला पनि छैनौं,’ नेपालले भने।

साथै, उनले आफूहरु समाजको परिवर्तनका लागि एकतावद्ध भएर अघि बढ्ने दाबी गरे। 

छहामी एकतावद्ध गर्दै अघि बढ्नेछौं। सँगसँगै हातेमालो गर्दै यहाँसम्म आएका छौं। आजको हाम्रो सम्बन्ध होइन्, दशकौं पुरानो सहकार्य हो। हामीबीचमा विश्वास छ,’ उनले भने। 

समाजवादी मोर्चाका नेताहरू सबै एउटै यात्राका सहयात्री भएको उनले बताए।

आफूहरुले बनाएको समाजवादी मोर्चाले कुनै पार्टीलाई घुक्र्याउन, दबाब दिन र तर्साउन नखोजेको पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .