ad ad

राजनीति


अग्ला टावर र ठूला एयरपोर्टले देश समुन्नत बन्दैन : महामन्त्री शर्मा

अग्ला टावर र ठूला एयरपोर्टले देश समुन्नत बन्दैन : महामन्त्री शर्मा

नेपालखबर
असार ४, २०८० सोमबार १९:०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावर र ठूला ठूला एयरपोर्टहरूले देश समुन्नत नबन्ने बताएका छन्। सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले देश समुन्नत छ की छैन भनेर मापन गर्नेकुरा भनेको  देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की भन्ने कुरालाई हेर्न आवश्यक रहेको पनि बताए। 

उनले श्रमीकले जीवन यापन सहज रुपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने बताए। 

‘कुनैपनि देश समुन्नत छ की छैन भन्नेकुराको पनि निश्चित मापदण्ड छ। त्यो भनेको सामान्यतया समुन्नत छ भन्दै गर्दा अग्ला अग्ला टावरहरु छन्,’ उनले भने, ‘ठूला ठूला एयरपोर्टहरू छन्, भव्यभव्य महलहरू छन्, हाइवेहरू छन् एक हिसाबले त्यो देशको समुन्नति भन्दा चित्र यो आउला। यो जरुरत त छ तर वास्तविक समुन्नतिको मापदण्ड त्यो होइन।’

कांग्रेस संस्थापक नेता बिपी कोईरालाले श्रमीकको हक हीतका लागि १५ वर्षे खाका बनाएपनि काम गर्ने समय नपाएको र अहिलेका नेताहरूले समय पाएपनि काम गर्ने योजना बनाउन नसकेको बताए। 

उनले यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम कांग्रेसले बनाइरहेको बताए। 

‘जननेता बिपी कोईरालाले आफू प्रधानमन्त्री भएको बेला जनतालाई केन्द्रमा राख्नुभयो र १५ वर्षको समुन्नतिको खाका बनाउनु भयो। बिपी कोईरालासँग सपना थियो, समय थिएन,’ शर्माले भने, ‘हामीसँग समय छ त्यस किसिमको सपना छैन। हामीसँग व्यवस्थित सपना भएन। यो देशमा धरै कुरा भएको छ, गर्न धेरै बाँकी छ, यो देश बनाउन सकिन्छ र सतीको सराप भएको होइन, भगवान गौतमबुद्धको आशिर्वाद प्राप्त देश हो।’

महामन्त्री शर्माले देशमा केही पनि भएको छैन भनेर निराश हुन नपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .